न्यौपानेलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नती भएका डा अरुणकुमार न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले न्यौपानेलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सेनाले उपरथी डा न्यौपानेलाई सैनिक स्वास्थ्य महानिर्देशकको जिम्मेवारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *