USAID

एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैनः प्रमुख सचेतक भट्टराई

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका हुन् ।

उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताए । एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख गर्दै उनले वर्तमान सरकार पूर्ण अवधि चलोस् र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताए ।

उनले भने,‘एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुची छैन । सरकारमा जान कुनै रुची छैन । म स्पष्ट गर्न चाहान्छु नेकपा एमालेको तर्फबाट यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन ।’

CivActsAd

Leave a Reply

Your email address will not be published.