आज सुनको मुल्यमा सामान्य बृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । आइतबार ४ सय रुपैयाँले घटेको सुनको मुल्य आज २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघको अनुसार आज चाँदीको मुल्य प्रतितोला १२ सय ४५ रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *