नेवार समुदायले आज यःमरी पर्व मनाउँदै, आजै ज्यापू दिवस पनि

काठमाडौं । हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार आज नेवार समुदायले यःमरी पर्व मनाउँदैछ ।

आजको पूर्णिमालाई धान्य पूर्णिमा भनिने भएकाले यस समुदायले आजको दिनमा पकाएर खाने यःमरी पकाएर खाने यःमरी महत्वपूर्ण मानिन्छ । चामलको पीठो र चाकु तथा तिलको मिश्रण बाट बनाईएको विशेष प्रकारको रुपमा यःमरी खाने चलन रहेको छ ।

देशभरका नेपालभाषीहरु यःमरी बनाएर देवदेवीलाई चढाइसकेपछि प्रसादको रुपमा यःमरी खान्छन्। पुन्ही एकदिन हुन्छ तर यःमरी पुन्ही एकदिनमात्र मनाइँदैन। यःमरी पुन्हीको भोलिपल्ट नेपालभाषीहरु आफ्ना नातागोता, छोरी, छोरीज्वाइँ, भाञ्जाभाञ्जीलाई घर बोलाएर योमरीसहितको भोज खुवाउने गर्छन्।

अरु पुन्हीमा विशेष प्रकारको भोज खुवाउने गरिँदैन। त्यसैले यस पुन्ही नेपालभाषी समुदायमा अत्यन्त महत्वपूर्ण मानिन्छ र ठूलो पुन्हीको रुपमा लिइन्छ । आजै नेवार समूदायले ज्यापू दिवस पनि मनाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *