लेबनानलाई संयुक्त राष्ट्रसंघको सहयोग

संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्थाको सुधार गर्नका लागि सहयोग गर्ने बताएको छ । यहाँका महिला र बालबालिकाको अवस्था कमजोर रहेको भन्दै राष्ट्रसंघले सहयोग गर्ने भएको हो ।

बालबालिकाविरुद्धको हिंसाको अन्त्य गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि नाजात माला मिजीदले संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाका लागि सहयोग गर्न लागेको कुराको जानकारी दिएका हुन् ।

उनले भने, ‘याहाँका महिला र बालबालिकाको अवस्थाको विकास गरी उनीहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि संयुक्त राष्ट्रसंघले यो सहयोग गर्न लागेको हो ।’ उनले लेबनानमा पनि कोभिड १९ को महामारीका कारण यहाँका महिला र बालबालिकामा असर गरेकाले त्यसका लागि सहयोग गरिने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *