संकटा र मछिन्द्रको बराबरी

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजनमा लिगमा साविक विजेता मछिन्द्र फूटबल क्लब र संकटा क्लबले बराबरी खेलेका छन् । शुक्रबार बेलुकी सम्पन्न खेलमा मछिन्द्र र संकटाले गोलरहित बराबरी खेल्दै लिगमा अपराजित यात्रा निरन्तरता दिएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा १/१ अङ्क बाढेका हुन् । बराबरीसँगै मछिन्द्र ५ खेलबाट ११ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा यथावत रहेको छ । समान खेलबाट ९ अङ्क जोडेको संकटा चौथो स्थानमा उक्लिएको छ ।

आजै भएको पहिलो खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र सातदोबाटो युथ क्लबले १-१ गोलको बराबरी खेलेका हुन् । आर्मीको तर्फबाट दिनेश हेन्जमले गोल गर्दा सातदोबाटोको तर्फबाट मार्टिन्स अजायीले एक गोल फर्काए ।

तस्बिर:- एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *