USAID

आफूहरूमाथि गरिएको कारबाही पुनर्विचार गर्न चार क्रिकेट खेलाडीको माग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)क्यानको कारबाहीमा परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका चार खेलाडीले आफूहरूमाथि गरिएको कारबाही पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार खेलाडीहरु ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले पत्रकार सम्मेलन गरी कारबाही पुनर्विचार गरेपछि मात्र खेल्नेबारे निर्णय लिने बताएका बताएका हुन् ।

उनीहरुले आफूहरूको गल्ती भए माफी माग्ने तर खेलाडी वर्गीकरणमा भने पुनर्विचार हुनुपर्ने माग गरेका छन् । उनीहरुले भनेका छन्, ‘नेपाली क्रिकेट कुन अवस्थाबाट आजको स्थितिमा आयो, हामी खेलाडीहरुले कस्तो कठिन अवस्थामा पनि क्रिेकट खेलिरह्यौं, तपाईंहरुलाई भनिरहनु नपर्ला । हामीले कहिल्यै मैले के पाउँछु भनेर हेरेनौं । तलब आउँछ कि आउँदैन ? सेवा सुविधा के पाउँछौं ? सोधेनौं, खोजेनौं । हामी खेलाडीहरुको एउटै लक्ष्य हुन्थ्यो, आज पनि छ, कसरी मैदानमा राम्रो प्रदर्शन गर्ने, देशलाई जिताउने र सारा नेपालीहरुलाई खुसी दिने ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *