लुम्बिनी बसपार्कमा आगलागी, ८० लाखको क्षति

रूपन्देही। रूपन्देहीको लुम्बिनीस्थित बसपार्कमा गयराती भएको आगलागीमा ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

राती दुई बजे सुरु भएको आगलागीबाट पसल, रेष्टुरेण्ट गरि १२ वटा पसल जलेर नष्ट भएका छन् । आगो नियन्त्रणको लागि समयमै दमकल नआउँदा बढी क्षति भएको पीडितहरुको भनाई छ ।

व्यवसायीहरुले लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट समयमा दमकल नआएपछि भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाबाट दमकल बोलाएर आगो नियन्त्रणमा ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *