हेटौँडा । बागमती प्रदेशको सरकारले सत्ता साझेदार गठबन्धनमा रहेका दललाई भागबण्डाका लागि मन्त्रालय फुटाएपछि कर्मचारी अभाव भएको छ । काम प्रभावकारी नभएको भन्दै आठ मन्त्रालय फुटाएर १४ पु-याएपछि मन्त्रालयमा सचिवदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीको अभाव भएको हो ।
एउटा सचिवले तीनवटासम्म मन्त्रालयको काम गर्नुपर्ने बाध्यता छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर तीनवटा मन्त्रालय बनाएपछि उक्त मन्त्रालयका सचिव यज्ञनाथ दाहालले थपिएका मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् ।
गत मङ्सिर १५ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएर १४ वटा पु-याउने निर्णय गरेको हो । गोखापत्र दैनिकबाट