काठमाडौं। नेपाली कांग्रेसको महामन्त्री पदमा लागि भएको निर्वाचनको मतगणना भईरहेको छ । अहिलेसम्मको मतपरिणाममा गगन थापाले प्रारम्भिक अग्रता लिएका छन्।
उनलाई विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, प्रदीप पौडेल, डा मिनेन्द्र रिजाल र डा राजाराम कार्कीले पछ्याईरहेका छन् । महामन्त्रीको मतगणनालाई सर्वाधिक चासोका साथ हेरिएको छ ।
सभापतिका सबै उम्मेदवारको तानातानमा परेका गगन थापा विजयी हुने महाधिवेशन प्रतिनिधिको आकलन छ । त्यस्तै, विश्वप्रकाश शर्मा, महत र पौडेलबीच पनि तीब्र प्रतिष्पर्धा हुने आकलन गरिएको छ ।
पछिल्लो अपडेट अनुसार गगन थापा ३८१, विश्व प्रकाश शर्मा २३१, प्रदिप पौडेल २०६, प्रकाशशरण महत २०१,मिनेन्द्र रिजाल,१०१, डा राजाराम कार्की १८ सहित प्रतिस्पर्धामा छन् ।
पहिलो १०० मत गन्दा गगन थापाले ७०, विश्वप्रकाश शर्मा, ३४ मत ल्याएका, डा। प्रकाशशरण महतले भने ३१, मिनेन्द्र रिजाले ३१, प्रदिप पौडेल २७ मत ल्याएका थिए । डा राजाराम कार्कीले भने खाता नै खोलेका थिएनन् ।