सभापति देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान सक्ने व्यक्ति भएको बताएका छन् ।

बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता अनुसार नै सुदृढ, क्रियाशील, गतिशील र सङ्गठित भएर अघि बढ्ने उनले बताए ।

उनले भने, “उहाँ (देउवा)को कार्यकालमा लोकतन्त्र पनि बलियो हुनेछ । आगामी स्थानीय निकायको निर्वाचन र आम निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्नुहुनेछ ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *