काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापतिको लागि भइरहेकाे मतगणनामा शेरबहादुर देउवाले २०९५ मतसहित अग्रता कायमै गरेका छन् ।
४३७६ मतकाे गणना सकिँदा डा. शेखर कोइरालाले १६४५ मतका साथ पछ्याइरहेका छन् । सभापतिका प्रत्यासी प्रकाशमान सिंहकाे ३५०, विमलेन्द्र निधिको २३९ र कल्याण गुरुङकाे २० रहेको छ ।
साेमबार बिहान ११ बजेपछि सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको थियाे । कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेकोमध्ये ५१ प्रतिशत अर्थात् कम्तिमा २३४० मत आवश्यक पर्छ ।
मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको थियाे । महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन् ।