काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत निर्वाचनका लागि मतदान सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुरले मतदानको सुरुवात गरेका छन् ।
मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध रहेका छन् । विहान ८ बजेदेखि नै मतदान सुरु हुने निर्वाचन तालिका रहेपनि चार घण्टा ढिलोगरि मतदान सुरु भएको छ । मतपत्र छपाइमा केही बिलम्ब भएका कारण मतदानमा ढिलाई भएको जनाईएको छ ।
समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ।
कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ। मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ।
प्रधानमन्त्री, पार्टीका शीर्ष नेता ,गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्ति मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभा गहे परिसर पुगेका छन् ।