मेयर शाक्य फेरि मेयरमा उठ्ने संकेत

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरि महानगरपालिकाको मेयरमा उठ्ने संकेत गरेका छन्।

२७औं महानगर दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र जनताले चाहेमा आफू फेरि मेयरमा लड्ने बताएका हुन् ।

मेयर शाक्यले भने– ‘साढे ४ वर्षे कार्यकालमा मैले गरेका कामहरू पूरा गर्न बाँकी रहेको महसुस गरी पार्टीले पुनः मेयरमा उठ भन्न सक्ला त्यसलाई नकार्ने कुरा हुँदैन । मैले एकल निर्णय गर्दिनँ, पार्टीले दिएको जिम्मेवारी पूरा गर्नेछु ।’

नेपाल कम्युनिस्ट पार्टी एमालेबाट मेयर बनेका शाक्य हाल एमालेको केन्द्रीय सदस्यसमेत रहेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *