श्रेष्ठको समर्थन देउवालाई, निधि पछि नह्टने

काठमाडौं । जारी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले अन्ततः पछि सरेका छन् ।

नेता श्रेष्ठले सभापतिको उम्मेदवारीबाट पछि सर्दै शेरबहादुर देउवालाई समर्थन गर्ने भएका हुन् । अहिले बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुँदैछ ।

देउवा समूहकै नेता श्रेष्ठले मनोनयन दर्ता सुरु हुन केहिसमय अघि आएर देउवालाई समर्थन गर्ने निर्णय पुगे संस्थापन समूहकै अर्का नेता उपसभापति विमलेन्द्र निधिले भने सभापतिमा उम्मेदवारी दाबी जारी नै राखेका छन्। निधि उम्मेदवारी दर्ताको तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *