एमसीसी कुनै पनि हालतमा पास गर्न दिँदैनौंः सिपी गजुरेल

काठमाडौं । नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताएका हुन् ।

उनले एमसीसी सच्चा देशभक्त र विदेशी दलालकोबारेमा पर्दाफास गर्ने रेखा हुने पनि बताए । उनले हरेक नागरिकले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसाथ गर्नुपर्ने बेला आएको बताए ।

गजुरेलले अहिले एमसीसीको कारण जनतामा आक्रोश पैदा भएको र जनताको आक्रोशलाई क्रान्तिमा बदल्नुपर्ने बताए । उनले भने, ‘म अमेरिका, भारतको दलाल हुँ भनेर संसारमा कसैले पनि भन्दैन । तर सच्चा देशभक्त हो कि होइन अब टेस्ट हुँदैछ । कुन सुन, कुन पित्तल भन्ने कुराको कसी लाग्दैछ, ठूलो रेखा कोरिँदैछ । त्यसकारण ध्रुविकरण हुँदैछ । एमसीसी देशको लागि एउटा ध्रुवीकरण हो । यो चाहेर आएको होइन । यसलाई पास गर्न हामी दिँदैनौँ ।’ उनले सन्तुलनमा पश्चागामी शक्ति हाबी भए पश्चागमन हुन सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *