पीएसजीलाई ब्रुगको चुनौती

 एजेन्सी । युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने समूह ‘ए’को खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी) र क्लब ब्रुग भिड्दैछन् । पार्क डेस प्रिन्सेसमा हुने खेल नेपाली समय अनुसार ११:३० बजे शुरु हुनेछ ।

यसअघिनै दोस्रो स्थानमा रहँदै नकआउट चरणको स्थान पक्का गरिसकेको पीएसजी आजको खेल जित्दै समूह चरणको सुखद अन्त्य गर्न चाहन्छ । समूह चरणको पछिल्लो खेलमा म्यानचेस्टर सिटीसँग २-१ गोलले पराजित भएसँगै पीएसजी समूह विजेता बन्नबाट बन्चित भएको थियो । हाल पीएसजी ५ खेलबाट ८ अङ्कको साथ दोस्रो स्थानमा छ ।

पछिल्लो ४ खेलमा मात्र एक जित निकालेको पीएसजी आजको खेल जित्दै विजयी पथमा फर्कन चाहन्छ । यता च्याम्पियन्स लिगबाट बाहिरिसकेको ब्रुग आजको खेलमा पीएसजीलाई स्तब्ध बनाउँदै युरोपा लिगको लागि छनोट हुने सम्भावना जीवित राख्न चाहन्छ । हाल ब्रुग ५ खेलबाट ४ अङ्क जोड्दै समूहको पुछारमा रहेको छ । ब्रुगले पछिल्लो खेलमा आरबी लाइपिजिगसँग ५-० गोलको लज्जास्पद हार बेहोरेको थियो ।

सेप्टेम्बरमा भएको समूहचरणको खेलमा पीएसजीलाई १-१ गोलको बराबरीमा रोकेको ब्रुग आजको खेलमा उच्च मनोबलका साथ मैदान उत्रिनेछ । दुई टोलीबिच भएको पछिल्लो ३ भेटमा २ खेल पीएसजीले जित्दा एक खेल बराबरीमा सकिएको छ । आजै हुने समूहको अर्को खेलमा म्यानचेस्टर सिटी र आरबी लेइपजिग भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *