संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित तीन राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । समितिको सोमबार बसेको बैठकले बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य, भारतका लागि प्रस्तावित राजदूत डा. शंकर प्रसाद शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीलाई सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रस्तावित व्यक्तिहरुको सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवको आधारमा राजदूतका लागि योग्य देखिएकाले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिहरुलाई सर्वसम्मत रुपले अनुमोदन गरिएको उनले बताए ।

समितिले सरकारले आगामी दिनमा गर्ने राजनीतिक नियुक्तिमा संविधानको धारा ४२ बमोजिम समानुपातिक र समावेशी रुपमा गर्न सरकारलाई ध्यानाकर्षण समेत गराएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *