गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रः प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्र भएको बताएका छन् ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनले राष्ट्रिय सभाको चुनावपछि निरन्तरता पाउने वा नपाउने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको बताएका छन् ।

‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो’, देउवाले भने, ‘त्योभन्दा पछिसम्म लाने वा नलाने भनेर छलफल भएको छैन ।’ राष्ट्रिय सभाका २० सदस्यको पदावधि फागुन २० गते सकिँदै छ । तीमध्ये १९ जनाका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । एक जना चाहिँ राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् ।

प्रधानमन्त्री देउवाले पार्टी सभापतिमा फेरि पनि आफ्नो दाबी रहने जनाएका छन् । देउवाले आसन्न महाधिवेशनबाट आफू अन्तिम पटकका लागि पार्टीको सभापति हुन चाहेको धारणा राख्दै सबैलाई एक पटक पुनः सहयोग गर्न आह्वानसमेत गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *