भारतमा ओमिक्रोन सङ्क्रमितको सङ्ख्या २१ पुग्यो, एकैदिन पाँच गुणाले बृद्वि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमणका मामिला एकैदिन एक्कासी पाँच गुनाले बढेको छ।

समाचार एजेन्सी एएनआइका अनुसार आइतवार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन सङ्क्रमित फेला परेका छन्। पुष्टि भएका पछिल्ला मामिलासँगै अब भारतमा ओमिक्रोन सङ्क्रमितको कूल सङ्ख्या २१ पुगेको छ।

विश्व स्वास्थ्य सङ्गठनले यो भेरिअन्टलाई चिन्ताको विषय बताएको छ। सङ्क्रामकतालाई हेर्दा यसले अघिल्लो डेल्टा भेरिअन्टलाई समेत पछि पार्न सक्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *