कैलाली। कैलालीको गोदावरी नगरपालिका ४ बसन्तपुरका लोकेन्द्र साउदको दिक्षित सप्लायर्समा आगलागी भएको छ। प्रहरीका अनुसार साउदले आगलागीबाट ९० लाखको क्षति भएको बताएका छन्।
आइतबार राति विजुलीको तार सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।