एनपी साउदको केन्द्रीय महामन्त्रीमा उम्मेदवारी, सचिवालयले सार्वजनिक गर्यो पोस्टर

कैलाली । कञ्चनपुर क्षेत्र नम्बर २ का पूर्वसांसद तथा काँग्रेस केन्द्रीय सदस्य एनपी साउदको केन्द्रीय महामन्त्रीमा उम्मेदवारी रहेको भन्दै उनको सचिवालयले चुनावी पोस्टर सार्वजनिक गरेको छ।

उम्मेदवारीका विषयमा साउदले सार्वजनिक रुपमा नबोले पनि उनको सचिवालयले आइतबार महामन्त्री पदका उम्मेदवार लेखिएको चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको हो। साउद पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *