सामुन्द्रिक चक्रवातको असर नेपालमा

काठमाडौं, मंसिर १८ । भारतीय सामुन्द्रिक चक्रवातको असर नेपालमा पनि देखिएको छ। बंगालको खाडीको मध्य पश्चिम भु–भागमा शुक्रबारदेखि जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। सो चक्रवात आज विहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पुर्व तर्फ सर्ने देखिएको छ।

सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने संभावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभावले आज राती वाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने सो प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।

रातिबाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। आउँदो सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *