USAID

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घट्यो

काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७३ डलर आसपास कारोबार भइरहेको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *