काठमाडौं। कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज डिस्चार्ज भएका छन् । जबरालाई संक्रमण पुष्टि भएपछि सोमबार बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना गरिएको थियो ।
कोभिड–१९ निमोनियाका लागि अस्पताल भर्ना गरिएको र आज स्वास्थ्य लाभ गरी ९ः३० बजे डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।