पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले पार्टीको वडा सम्मेलन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको छ । बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

कतिपय पालिकाहरुमा भने अधिवेशन स्थगित भएपनि आज, भोलिनै सबै सकिने र पालिका अधिवेशनहरु पनि उत्साहपूर्वक अगाडि बढेको निष्कर्ष निकालिएको उनले बताए ।

उनले हालसम्म पार्टी सदस्यता ७ लाख ६ हजार ५०० पुगेका र पार्टी सदस्यता ८ लाख पुग्ने अनुमान गरिएको जानकारी दिए । बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै मंसिर २५ गते सबै प्रदेशको प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने उनले जानकारी दिए । स्थायी कमिटी बैठक शुक्रवार बिहान ११ बजे पुनः बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *