चेल्सी र सिटी विजयी

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा दुई शिर्ष क्लब चेल्सी र म्यानचेस्टर सिटीले जित हात पारेका छन् । बुधबार राति भएको खेलमा लिगको शिर्ष स्थानमा रहेको चेल्सीले वाटफोर्डलाई २-१ गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन मेसन माउन्ट र हकिम जियाचले एक/एक गोल गरे । वाटफोर्डको लागि इमानुएल डेनिसले एक गोल फर्काए । खेलको २९ औं मिनेटमा हाभेर्ट्जको पासमा माउन्टले गोल गर्दै चेल्सीलाई खेलमा अगाडि बढाएका थिए । ४३ औं मिनेटमा सिसोकोको पासमा डेनिसले गोल गर्दै वाटफोर्डलाई बराबरीमा ल्याए ।

यस्तै ७२ औं मिनेटमा माउन्टको पासमा जियाचले गोल गर्दै चेल्सीलाई २-१ गोलको जित दिलाए । जितसँगै चेल्सी १४ खेलबाट ३३ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा यथावत छ भने पराजित वाटफोर्ड समान खेलबाट १३ अङ्कको साथ १७ औं स्थानमा छ ।

गएरातिनै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २-१ गोलले पराजित गरेको हो । सिटीलाई जित दिलाउन रुबिन डियास र बर्नाडो सिल्भाले एक/एक गोल गरे । भिल्लाको लागि वाटकिङ्सले एक गोल फर्काए ।

जितसँगै सिटी १४ खेलबाट ३२ अङ्कको साथ लिगको दोस्रो स्थानमा रहेको छ । पराजित भिल्ला समान खेलबाट १६ अङ्कको साथ १३ औं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *