बेन्जिमाको गोलमा रियल म्याड्रिड विजयी

एजेन्सी । फ्रान्सेली स्टार स्ट्राइकर करिम बेन्जिमाको गोलको सहयोगमा रियल म्याड्रिडले स्पेनिस लिग ला लिगामा जित हात पारेको छ । गएराति भएको खेलमा एथेल्टिक क्लबलाई १-० गोलले हराउँदै म्याड्रिडले आफ्नो उत्कृष्ट लयलाई कायम राखेको हो ।

घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिमाले एक गोल गरे । खेलको ४० औं मिनेटमा लुका मोड्रिकको पासमा बेन्जिमाले गरेको गोलनै म्याड्रिडलाई जित दिलाउन पर्याप्त रह्यो ।

जितसँगै म्याड्रिड १५ खेलबाट ३६ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा यथावत छ । पराजित एथ्लेटिक क्लब समान खेलबाट २० अङ्कसाथ आठौं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *