पच्चीस किलो चरेससहित महिला पक्राउ

बझाङ । बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् ।

सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *