१६ वर्षिया अञ्जली बनिन् एक दिने गाउँपालिका अध्यक्ष

सर्लाही। सर्लाहीमा एक १६ वर्षिय युवती गाउँपालिकाको अध्यक्ष बनेकी छन । कक्षा १० मा अध्यनरत अञ्जली कुमारी साह सर्लाहीको पर्सा गाउँपालिकाको एक दिने गाउँपालिका अध्यक्ष बनेकी हुन् । बाल अधिकारको प्रवद्र्धन र बालबालिकाको नेतृत्व क्षमता विकासका लागि पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले एक दिनको लागि पर्सा गाउँपालिकाको अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

वडा नं ६ निवसी बाल क्लवको अध्यक्ष समेत रहेकी अञ्जलीले बालिका शिक्षालाई जोड दिनु पर्ने र गाउँपालिका भित्रै प्राविधिक शिक्षालयको स्थापना गर्नु पर्ने आवश्यकता औंल्याईन । “गाउँपालिका भित्र बालबालिकाहरुले धेरै प्रकारका समस्याहरु भोगिरहेका छन्, बालविवाहको अवस्था पनि डरलाग्दो छ ।” नवनियुक्त अध्यक्ष साहले भने “बाल अधिकार प्रवद्र्धन र बाल संरक्षणका लागि सबै पक्ष मिलेर क्रियाशील हुनु पर्छ ।”

मंगलवार पर्सा गाउँपालिकाको आयोजना तथा बागमती सेवा समाज नेपाल र वल्ड भिजको सहजीकरण मा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा पर्सा गाउँपालिकाको नव नियुक्त अध्यक्ष अञ्जलीले नेपाल राष्ट्रिय मा वि मा गई विद्यालयमा भएको बर्तमान समस्याकोमा विद्यार्थीहरु सँग छलफल गरेर विद्यालय प्रमुखहरुलाई शिक्षा क्षेत्रमा भएको समस्याको निराकरण गर्न आदेश दिएकी छन् ।

त्यस्तै पर्सा गाउँपालिकामा रहेको पर्सा स्वास्थ्य चौकीका प्रमुख राजकिशोर राउतलाई स्वास्थ्य चौकीमा रहेको फोहरले बिरामीहरुलाई कसरी थप बिरामी पार्नेमा सम्झाई बुझाई गरेर समस्या समाधानको लागि ठाडो निर्देशन दिएकी छन् । बर्थिङ्ग सेन्टरमा अनुगमन गर्दै केही त्रुटि देखिएको भन्दै निकास निकाल्न निर्देशन दिएकी छिन् ।

कार्यक्रममा नेतृत्व हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष किसुनदेव रायले शिक्षा र स्वास्थ्यमा गाउँपालिकाले लगानी गरिरहेको बताए । “बालमैत्री गाउँपालिका बनाउनका लागि भौतिक संरचना निर्माण गर्दा बालमैत्री बनाउने मात्र नभई बाल संरक्षणका लागि नीति, नियमावली निर्माण गरेर लागू गर्ने काम गाउँपालिकाले गरिरहेको छ ।” अध्यक्ष रायले भने ।

सोही अवसरमा नेपाल राष्ट्रिय मावि र पर्सा स्वास्थ्य चौकीमा अनुगमन भ्रमण समेत गरिएको थियो । यसैगरी कार्यपालिकाको बैठक बसी बालविवाह न्युनीकरणका लागि सूचनाहरु प्रचार प्रसार गर्ने, सम्पूर्ण वडाहरुमा बाल क्लव र बाल संजाल गठन गर्नका लागि गाउँपालिकाबाट ५० हजार बजेट बिनियोजन गर्ने र गाउँपालिकामा निर्माण हुने भौतिक संचनाहरु बालमैत्री बनाई आगामी ५ वर्षभित्र पर्सा गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने समेतका ऐतिहासिक निर्णय समेत गरिएको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *