एमाले महाधिवेशन: मतदान समय एक घण्टा लम्बिने

चितवन। नेकपा (एमाले)को चितवनमा जारी महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भइरहेको मतदान सकिन अझै एक घण्टा लाग्नसक्ने देखिएको छ ।

बिहान ४ बजेदेखि सुरु भएको मतदान ९ बजेसम्ममा सक्ने तालिका थियो । तर अझैसम्म मतदान जारी रहेकाले अझै एक घण्टा लम्बिने देखिएको छ । विहान नौ बजेसम्म करिब १५ सयले मतदान गरेका छन् । मतदानपछि आजै मतगणना गर्ने निर्वाचन तालिकामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *