मेस्सीलाई एतिहासिक सातौं पटक बेलोन डि’ओर अवार्ड

एजेन्सी । अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीले एतिहासिक सातौं पटक बेलोन डि’ओर अवार्ड जितेका छन् । सोमबार पेरिसमा भएको अवार्ड समारोहमा पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई पछि पर्दै मेस्सीले सर्वाधिक सातौं पटक बेलोन डि’ओर अवार्ड जितेका हुन् ।

यस सिजन पेरिस सेन्ट जर्मन(पीएसजी) मा संघर्ष गरिरहेका मेस्सीले गत सिजन बार्सिलोना र अर्जेन्टिनाबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । उनको कप्तानीमा अर्जेन्टिनाले २८ वर्षपछि पहिलो उपाधि उचालेको थियो । सन् २०१४ को फिफा विश्वकप फाइनलमा जर्मनीसँग १-० गोलले पराजित हुँदै तेस्रो विश्वकप जित्नबाट बन्चित भएको अर्जेन्टिनाले यस वर्ष घरेलु टोली ब्राजिललाई १-० गोलले हराउँदै २८ वर्षपछि कोपाको उपाधि जितेको थियो ।

यसअघि मेस्सी २००७, २०१५ र २०१६ को फाइनलमा पराजित भएका थिए । यसवर्षको फाइनलमा खासै चल्न नसकेपनि मेस्सीले प्रतियोगितामा ४ गोल र ५ एसिस्ट प्रदान गर्दै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । गर्ड मुलरको बुन्डेसलिगाको एकै सिजनमा ४० गोलको कीर्तिमान तोडेका बायर्न म्युनिखका स्ट्राइकर बेलोन डि’ओरको प्रमुख दाबेदार थिए ।

गत वर्ष फ्रान्स फूटबलले कोरोना भाइरसको कारण देखाउँदै बेलोन डि’ओर स्थगित गरेपछि लेवान्डोस्की अवार्ड जित्नबाट वन्चित भएका थिए । यस्तै सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो यस वर्षको बेलोन डि’ओर वरियतमा छैटौं स्थानमा परेका छन् । सन् २०१० पछि रोनाल्डो पहिलोपटक शिर्ष ३ मा पर्न असफल भएका हुन् ।

बेलोन डि’ओरको शिर्ष १०

१. लियोनल मेस्सी (पेरिस सेन्ट जर्मन र अर्जेन्टिना)
२ रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख र पोल्यान्ड)
३. जोर्जिन्हो (चेल्सी र इटाली)
४. करिम बेन्जिमा (रियल म्याड्रिड र फ्रान्स)
५. एनग्लो कान्टे (चेल्सी र फ्रान्स)
६. क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड र पोर्चुगल)
७. मोहम्मद सलाह (लिभरपुल र इजिप्ट)
८. केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी र बेल्जियम)
९. कलियन एम्बाप्पे( पेरिस सेन्ट जर्मन र फ्रान्स)
१०. जिआन्लुइगी डोनारुमा (पेरिस सेन्ट जर्मन र इटाली)

Leave a Reply

Your email address will not be published. Required fields are marked *