कांग्रेस रूपान्तरणका लागि पौडेलको १० सूत्र

काठमाडौं। आसन्न महाधिवेशनबाट नेतृत्व लिने रणनीतिमा लागेका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रूपान्तरणका लागि १० सूत्र अघि सारेका छन्। कांग्रेस रूपान्तरणका लागि नेतृत्व मात्र परिवर्तन गरेर नहुने भन्दै उनले आफूले अघि सारेको १० सूत्रलाई अभियानकै रूपमा अघि बढाउन आवश्यक रहेको पनि बताएका छन्।

‘वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याउँदै समावेशी नेपाल साकार पारौं’ भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पार्नुपर्नेमा जोड दिएका छन्।

विकृति, विसंगति र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गर्नुपर्ने भन्दै उनले राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउनुपर्ने र राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गर्नुपर्ने बताएका छन्।नेता पौडेलले अघि सारेको १० सूत्रमध्ये पाँचौं सूत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई ‘¥याडिकल सेन्टर’ को बाटोमा हिँडाउने उल्लेख गरेका छन् ।

त्यस्तै, छैटौं सूत्रमा भनिएको छ– ‘निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो । राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुन सक्दैन ।

उनलले स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्ने बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *