मनाङको लगातार दोस्रो जित

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले लगातर दोस्रो जित निकालेको छ । शनिबार बेलुकी भएको खेलमा हिमालयन शेर्पालाई १-० गोलले हराउँदै मनाङले लिगमा विजयी यात्रालाई निरन्तरता दिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङलाई जित दिलाउन ओलावाले अफिजले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८४ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई ३ अङ्क दिलाएका हुन् । पुजन उपरकोटीको कर्नर किकमा निशान लिम्बूले फ्लिक गर्दै मिलाइदिएको बलमा ओलावाले फ्रि हेडर मार्फत गोल गरेका हुन् ।

जितसँगै मनाङ मर्स्याङ्दी क्लब २ खेलबाट ६ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । पराजित हिमालयन शेर्पा क्लब २ खेलबाट १ अङ्कको साथ ११ औं स्थानमा रहेको छ ।

तस्बिर: एन्फा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *