पोर्चुगल र इटाली प्लेअफको एकै समूहमा, एक टोलीले मात्र विश्वकपमा स्थान बनाउने

एजेन्सी । आगामी वर्ष कतारमा हुने फिफा विश्वकपको युरोपेली छनोटको प्लेअफको ड्र सार्वजनिक भएको छ । शुक्रबार सम्पन्न भएको ड्रमा युरो विजेता इटाली र पोर्चुगल एउटै समूहमा परेका छन् ।

यसको मतलब यी दुई मध्य एक टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछन् । इटाली स्वीजरल्यान्डसँग पछि पर्दा विश्वकपको लागि सिधै छनोट हुने मौका गुमाएको थियो भने पोर्चुगल छनोटको अन्तिम खेलमा सर्बियासँग २-१ गोलले पराजित हुँदै विश्वकपको सिधा बाटो बिराएको थियो ।

अब दुवै टोली पाथ ‘सी’मा परेपछि एक टोलीले कतार विश्वकप गुमाउने पक्का भएको छ । इटालीले सेमिफाइनलमा नर्थ म्यासेडोनियाको सामना गर्नेछ भने पोर्चुगलले टर्कीको सामना गर्नेछ । उक्त दुई खेलको विजेता फाइनल खेलमा भिड्नेछन् र विजयी हुने टोलीले विश्वकपको टिकट काट्नेछ ।

फाइनल पुगेको खण्ड पोर्चुगललाई घरेलु मैदानको फाइदा रहनेछ । पाथ ‘सी’को फाइनल खेल पोर्चुगलमा हुनेछ । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो अन्तिम विश्वकप खेल्ने लक्ष्यमा छन् । जसको लागि उनको टोलीले टर्की र इटालीको चुनौती पन्छाउनुपर्नेछ । यता इटाली भने लगातार दोस्रो पटक विश्वकप गुमाउन चाहन्न ।

प्लेअफको पूरा ड्र

पाथ ‘ए’
सेमिफाइनल १:- स्कटल्यान्ड विरुद्ध युक्रेन
सेमिफाइनल २:- वेल्स विरुद्ध अष्ट्रिया
फाइनल १:- सेमिफाइनल २ को विजेता विरुद्ध सेमिफाइनल १ को विजेता

पाथ ‘बी’
सेमिफाइनल ३:- रसिया विरुद्ध पोल्यान्ड
सेमिफाइनल ४:- स्वेडेन विरुद्ध चेक रिपब्लिक
फाइनल २:- सेमिफाइनल ३ को विजेता विरुद्ध सेमिफाइनल ४ को विजेता

पाथ ‘सी’
सेमिफाइनल ५:- इटाली विरुद्ध नर्थ म्यासेडोनिया
सेमिफाइनल ६:- पोर्चुगल विरुद्ध टर्की
फाइनल ३:- सेमिफाइनल ६ को विजेता विरुद्ध सेमिफाइनल ५ को विजेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *