USAID

पीएसजीलाई हराउँदै सिटी समूहविजेताको रुपमा नकआउटचरणमा


एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी)लाई  २-१ गोलले हराउँदै सिटी समूहविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो ।

इतिहाद रंगशालामा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्टेर्लिङ र गाब्रियल जेससले एक/एक गोल गरे । पीएसजीको लागि कालियन एम्बाप्पेले एक गोल गरे । खेलमा लिएको शूरुवती अग्रता जोगाउन नसक्दा पीएसजी पराजित हुन बाध्य भयो । सबै गोल दोस्रो हाफमा भएको हो ।

खेलको ५० औं मिनेटमा एम्बाप्प्पेले गोल गर्दै पीएसजीलाई खेलमा अगाडि बढाएका थिए । ६३ औं मिनेटमा जेससको पासमा स्टेर्लिङले  गोल गर्दै सिटीलाई बराबरीमा ल्याए । यस्तै ७६ औं मिनेटमा बर्नार्डो सिल्भाको पासमा जेससले गोल गर्दै सिटीलाई २-१ गोलको जित दिलाए ।

जितसँगै सिटी ५ खेलबाट १२ अंक जोड्दै समूह ‘ए’ शिर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । पराजित पीएसजी समान खेलबाट ८ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *