USAID

रियल म्याड्रिडको सहज जित


एजेन्सी । युईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा रियल म्याड्रिडले शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा एफसी शेरिफलाई ३-० गोलले पराजित गर्दै म्याड्रिड समूहको शिर्ष स्थानमा उक्लिएको हो ।

मोल्डोभामा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन डेभिड अलबा, टोनी क्रुस र करिम बेन्जिमाले समान एक/एक गोल गरे । खेलको ३० औं मिनेटमा डेभिड अलबाले फ्रिकिकमा गोल गर्दै म्याड्रिडलाई खेलमा अगाडि बढाएका थिए । ४५ औं मिनेटमा रोड्रिगोको पासमा क्रुसले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए ।

५५ औं मिनेटमा मेन्डीको पासमा बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई सहज जिततर्फ अगाडि बढाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड ३-० गोलले विजयी भयो ।

जितसँगै म्याड्रिड ५ खेलबाट १२ अङ्क जोड्दै समूह ‘डी’को शिर्ष स्थानमा उक्लिएको छ । पराजित शेरिफ ५ खेलबाट ६ अङ्कको साथ तेस्रो स्थानमा यथावत छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *