मौसम पूर्वानुमान : वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण देशका पहाडी भू–भागबाहेका स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एकरदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका उच्च स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

त्यस्तै, रातीसम्म देशका पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । आज राती प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *