रोनाल्डो र सान्चोको गोलको सहयोगमा युनाइटेड नकआउट चरणमा

एजेन्सी । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा भिल्लारियललाई २-० गोलले हराउँदै युनाइटेड ३ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको हो ।

इस्टेडियो डेला सेरामिकामा भएको खेलमा युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ७८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि बढाएका थिए ।

निर्धारित समयको अन्तिम मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा सान्चोले गोल गर्दै युनाइटेडलाई २-० गोलको जित दिलाए । युनाइटेडको जर्सीमा सान्चोको यो पहिलो गोल हो । जितसँगै युनाइटेड ५ खेलबाट १० अङ्क जोड्दै शिर्ष स्थानमा रहँदै एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ । पराजित भिल्लारियल समान खेलबाट ६ अङ्क जोड्दै दोस्रो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *