सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीः जलेर तीन बालकको मृत्यु

सिन्धुपाल्चोक। जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङमा सोमबार राती भएको आगलागीमा जलेर तीन बालकको मृत्यु भएको छ।

स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनका ६ वर्षीय छोरा मनोज, सोही ठाउँका सुकमान तामाङका ५ वर्षीय छोरा मनिष, छिमेकी साइला तामाङका ५ वर्षीय छोरा दिलबहादुरको मृत्यु भएको हो ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको हो। तामाङ ढुंगा, माटो र टिनले छाएको एक तले गोठमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

file photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *