फेवाताल किनारका पाँच रेष्टुरेण्ट जलेर नष्ट

पोखरा। पोखराको फेवाताल किनारमा आगलागी भएको छ । आगलागीबाट ताल किनारमा रहेका रेष्टुरेण्ट जलेर नष्ट भएका छन् ।

बैदाम प्रहरीका अनुसार आज बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको हो । आगलागीबाट पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । आगलागीबाट डेढ करोढ भन्दा बढिको क्षतिको अनुमान गरिएको छ ।

क्षतिको यकिन विवरण आउन बाँकि रहेको छ । आगलागीको कारण खुलेको छैन । आगो भने नियन्त्रणमा आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *