कांग्रेस महाअधिवेशनः आरजुको क्षेत्रमा तँछाडमछाड

काठमाडौं । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाको चुनाव क्षेत्र कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार बन्न कांग्रेसी नेताहरूको तँछाडमछाड चलेको छ।

सुदूरको राजनीतिक केन्द्रको रूपमा हेरिएको प्रदेश राजधानी रहेको धनगढी उपमहानगरपालिका सहितको निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्नेहरूको लहर चलेको हो।

मंसिर ६ मा हुने क्षेत्रीय अधिवेशनका लागि कांग्रेस सभापति देउवापत्नी आरजुको क्षेत्रमा चिनिन र नजिकिन पनि उम्मेदवारी घोषणा गर्नेको ताँती नै लागेको हो। अहिलेसम्म क्षेत्रीय सपभाति पदका लागि भीम पडाल,हरि रेग्मी, सन्तोष मुडभरी,बुद्धिबहादुर खड्का, हीरासिंह पातली, रूपबहादुर खड्का र ईश्वर जोशीले उम्मेदवारी घोषणा गरेका छन्। एक पदका लागि अहिलेसम्म सातजनाले घोषणा गरिसकेका छन् । नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *