कांग्रेस कार्यसमिति बैठक बस्दै

काठमाडौं८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो एक बजे बैठक बस्न लागेको हो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

बैठकमा महाधिवेशन कार्यतालिका संशोधनलगायत बैठक नभएको अवधिमा भएका काम कारवाही अनुमोदन गर्ने प्रस्तावलगायतका विषयमा समेत छलफल हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *