‘पाैडेललाई देउवाले महाधिवेशनमा गठबन्धन गर्न लागेकाे भन्ने प्रचार भ्रमपूर्ण’

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले उच्च स्तरीय राजनीतिक समन्वय समितिकाे संयाेजक दिएर रामचन्द्र पाैडेललाई शेरबहादुर देउवाले महाधिवेशनमा गठबन्धन गर्न लागेकाे भन्ने प्रचार भ्रमपूर्ण रहेकाे बताएका छन् ।

नेता केसीले भने, “समन्वय समितिमा पाैडेलकाे उपयाेगिता रहेकाले संयाेजक बनाइएकाे हाे । देउवा र पाैडेलबीच महाधिवेशनमा गठबन्धन भएकाे हाेइन । पार्टी सञ्चालनमा नेतृत्वकाे कार्यशैलीसँग हाम्राे असहमति कायमै छ ।” उनले थपे, “अलिकति फरक मत भए पनि हामी एउटै पार्टी, झण्डामुनि छाैं । हाम्राे उद्देश्य र लक्ष्य एउटै हाे । त्यसैले नेताहरूबीच सहमति हुनु आश्चर्यकाे कुरा पनि हाेइन । तर, देउवा र पाैडेलबीच सहमति भैसक्याे भन्नु भ्रमपूर्ण प्रचार मात्र हाे ।”

पार्टीकाे संस्थापन इतर पक्षबाट सभापतिकाे साझा उम्मेदवार दिने काेसिस अन्त्यसम्म रहने नेता केसीले बताए । न्यायालयमा उत्पन्न विवादबारे पार्टीकाे भाेलि बस्ने केन्द्रीय समितिकाे बैठकमा छलफल हुने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *