जनकपुरधाम । छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तजनले जनकपुरका पोखरी, तलाउमा पूजाका सामग्री सजाइएका छन् । रातिदेखि नै छठ पूजाको सामग्री लिएर भक्तजन घाट आउन थालेका छन् ।
ब्रतालुले भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवतरुपमा समापन हुनेछ । छठ पर्वका अवसरमा जनकपुरधामको गङ्गा सागर, धनुष सागरलगायतका जलाशय र कुण्ड दुलही झै सिङ्गारिएको छ ।
तस्बीरः अजयकुमार साह/रासस






