बडुवाल हत्या प्रकरणः मेजरसँग लफडा भएका होटल सञ्चालकको परिवार नै नियन्त्रणमा

कैलाली। कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा आठ जना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा संग्लन भएको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र छोरा महेशसमेत रहेका छन् । घटनामा होटल सञ्चालक रावलका अर्का छोरा नविनकोसमेत संग्लनता देखिएको छ । तर, नविन भने फरार छन्। युवकको मृत्युपछि स्थानीयबाट संगम होटलमा तोडफोड गर्ने प्रयास समेत भएको छ ।

प्रहरीका अनुसार आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजँग शाहीसँग सोही होटलका सञ्चालक रावलको विवाद भएको थियो। आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेर मेजरको निजी गाडीमा तोडफोड गरेका थिए भने उनको टाउकोमा पनि चोट लागेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *