मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने सरकारको निर्णय

काठमाडौं । सरकारले रुपन्देहीको मोतिपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई प्रति परिवार ५ लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

उनले कुश्मामा ४ सय केभी सबस्टेशन र जुम्ला सबस्टेशनका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने बैठकले निर्णय गरेको बताए । त्यस्तै बैठकले कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्स स्थित हु ह्याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *