भरतपुर सबस्टेसन पूर्ण सञ्चालनमा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । ट्रान्सफर्मरहरू पूर्ण रुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरूलाई पनि आइतबार साँझबाट विद्युत् आपूर्ति गरिएको छ ।

सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमध्ये एउटा १३ गते र अर्को १६ गते कात्तिकमा बिग्रिएपछि चितवनका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध रहँदै आएको थियो ।

नेपाल विद्युत् प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मर हटाएर सबस्टेसनमा जगेडामा रहेको २२.५ एमभीएको ट्रान्सफर्मर जडान गरी बिहीबारबाट घरायसी ग्राहकका लागि विद्युत् आपूर्ति दिएको थियो । कास्कीको लेखनाथ सबस्टेसनमा रहेको २२।५ एमभीए क्षमताको ट्रान्सफर्मर ल्याई भरतपुर सबस्टेसनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *