नागरिकतासम्बन्धी समस्या तत्कालै समाधान गर्छौंः गृहमन्त्री

जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी समस्या तत्कालै समाधान गर्ने बताएका छन् । सोमबार जनकपुर विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री खाँणले नागरिकता समस्या तराई मधेशको मात्र नभई सम्पूर्ण देशकै रहेकाले अध्यादेशमार्फत नभई ऐन ल्याएर नैसमाधान गर्ने बताएका हुन् ।

उनले प्रतिपक्षी दल एमालेको कारण संसद अवरुद्ध रहेकाले संसद खुल्ने बितिक्कै नागरिक विधेयक लगायतका आवश्यक विधेकयहरु संसदमा लग्ने बताए । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायपालिकामा देखिएको समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *