एमसीसीका विषयमा प्रधानमन्त्री र प्रचण्ड मध्ये एकजनाले झुट बोलेः अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले एमसीसीका विषयमा दुई मध्ये एक नेताले झुट बोलेको बताएका हुन् ।

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीसम्बन्धी अनुमोदन गर्छौं भनेर आफू र प्रचण्डले पत्र पठाएको बताएका थिए । तर प्रचण्डले भने राष्ट्रिय सहमति नभई एमसीसी सम्झौता पारित गर्न सकिन्न भनेर समय मागका लागि पत्र पठाइएको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *